Birat Post आइतबार, आश्विन २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ असोज / विराटनगरस्थित मानवसेवा आश्रममा आश्रित व्यक्तिहरुका लागि सहगोगी हातहरु पछिल्लो समय बढ्दै गएका छन् । विभिन्न कारणले बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन बन्न पुगेका व्यक्तिहरुलाई मानवसेवा आश्रमले आश्रय दिँदै आएको छ । आश्रमको कार्यबाट प्रभावित भएर समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुले भोजन गराउनदेखि आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको हो । यसै क्रममा सोह्रश्राद्धको अवसर पारेर कवि एवं पत्रकार मीनकुमार नवोदितले मानवसेवा आश्रममा आश्रितहरुलाई आज बिहानको भोजन गराए ।

नेपाल प्रेस युनियन कोशी प्रदेशका अध्यक्षसमेत रहेका नवोदितले बुवा गंगाबहादुर र आमा धनमाया श्रेष्ठसहित पितृहरुको स्मृतिमा आश्रित सडकआश्रित मानवहरुलाई भोजन गराएका हुन् । सो अवसरमा नवोदितले अनावश्यक खर्चलाई कटौती गरेर सडक आश्रित मानवहरुलाई सहयोग गर्नुपर्नेमा जोड दिए । वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायत विभिन्न अवसरमा हुने खर्च आश्रित मानवका लागि खर्च गर्दा छुट्टै आनन्द आउने उनको भनाइ थियो ।

कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तीर्थेन्द्र नेउपानेले समयसँगै संस्कार र संस्कृतिमा पनि परिवर्तन हुनुपर्ने बताए । मानव सेवा नै सबैभन्दा ठूलो धर्म भएको बताउँदै नेउपानेले विभिन्न नाममा गरिने अनावश्यक खर्चलाई कटौती गरेर आश्रित असहायहरुका लागि खर्च गर्न सबैलाई आग्रहसमेत गरे ।

युवा पत्रकार वीरेन्द्रकुमार साहले आफूले विगतदेखि नै मानव सेवा आश्रमसित नजिक भएर काम गरिरहेको सुनाए । सो आश्रममा ६० जना महिलाहरुले आश्रय लिएको मानवसेवा आश्रमकी स्वयमसेवक पार्वती तिवारीले जानकारी दिइन् । पछिल्लो समय वैवाहिक उत्सव, जन्मदिन, पितृकार्यलगायतका अवसरमा आश्रममा आश्रितलाई खाना खुवाउने र आर्थिक सहयोग गर्ने क्रम बढ्दै गएको तिवारीले बताइन् । सो अवसरमा व्यवसायी श्याम श्रेष्ठले खाद्य सामग्री प्रदान गरे ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल