विराटनगर,२० असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । उनले आजै प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ अनुसार गत भदौ २२ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिने प्रक्रियामा प्रवेश नै नगरी राजीनामा दिएका छन् । एमालेका ३९ बाहेक अन्य दलको मत प्राप्त हुने स्थिती पनि थिएन । अन्य दलहरुले पनि विश्वासको मत पाउने कोरम पुर्याउन नसक्दा वेला वेलामा सरकार विहिनताको अवस्थामा कोशी प्रदेश पुग्ने गर्दछ ।