Birat Post शनिबार, आश्विन २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० असोज । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै कोशी प्रदेशको अबको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले दाबी गरेका छन् ।

नेपाली कांग्रेसलाई मुख्यमन्त्रीको लागि आफूहरुले दुई–दुई पटक समर्थन गरेपछि सरकार टिकाउन नसकेकोले अब माओवादीले सरकारको नेतृत्व पाउनुपर्ने आङ्बोले बताएका छन् ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री भएका काँग्रेस संसदीय दलका नेता उद्धब थापालाई दुबै पटक सर्वोच्च अदालतले पदमुक्त गरिदिएको थियो । थापाको पदमुक्तिसँगै सर्वोच्चको परमादेश अनुसार धारा १६८ को ३ अनुसार मुख्यमन्त्री भएका नेकपा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले आज राजीनामा दिएपछि अब उपधारा ५ अनुसार सरकार बनाउन आङ्बोले नेतृत्व दावी गरेका हुन् ।

कार्कीले विश्वासको मत लिनको लागि बसेको आजको प्रदेशसभा बैठकमा राजीनामाको घोषणा गरेका थिए । त्यसपछि उनले प्रदेश प्रमुखसामु राजीनामा बुझाइसकेका छन् ।

प्रदेशसभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा आङ्बोले कांग्रेसको नेतृत्वमा सरकार बनाउन माओवादीले धेरै त्याग गरेको बताए । तर, कांग्रेस नेतृत्वको सरकार टिक्न नसक्दा उपधारा ३ हुँदै ५ मा पुगेकोले अब काँग्रेसले नेतृत्व दावी गर्न नमिल्ने बताए । विश्वासको मत प्राप्त गर्नेगरी अब सरकारको दावी गर्ने उनको भनाइ छ ।

अहिले माओवादीको नेतृत्वमा सरकार बनाउँदा बहुमत पुग्ने आधार रहेको विश्वासको मत पनि प्राप्त गर्नसक्ने भएकोले आफूले दावी गरेको आङ्बोले बताए । प्रदेशसभालाई विघटन गर्ने पक्षमा कोहि पनि नरहेको र राप्रपासँग सकारात्मक संवाद भइरहेको भन्दै उनले मध्यावधिलाई रोक्न र प्रदेशलाई राजनीतिक स्थायित्व दिन गठबन्धनसँग सहकार्य गर्न राप्रपा तयार हुने विश्वास व्यक्त गरे ।

कोशी प्रदेशसभाका ९३ सदस्यमध्ये बहुमतको लागि ४७ सांसद आवश्यक पर्छ । प्रदेशसभामा सत्ता गठबन्धनसँग ४७ मत छ भने एमालेसँग ४० र राप्रपासँग ६ सिट छ । बहुमत सांसद भएपनि यसअघि एमालेबाट निर्वाचित उपसभामुख सिर्जना दनुवारले प्रदेशसभा बैठक सञ्चालन नगरेको कारण उद्धब थापाले आफ्नै सांसदको अध्यक्षतामा बैठक बसाएर अध्यक्षसमेतको मतसहित पाएको विश्वासको मत अदालतले अबैध ठहर गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल