Birat Post बिहिबार, आश्विन १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,१८ असोज ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय थप चार दिन थपिएको छ ।

असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा थप चार दिन थप गरिएको हो । अब नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ ।

विराट आदर्श साहित्य मञ्चको आयोजनामा विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा नाटक मञ्चन भइरहेको छ । मंगलबार मात्रै पाँच शो नाटक मञ्चन भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज, विद्यालयहरू र दर्शकको मायाकै कारण नाटक मञ्चनको समय थप चार दिन थप गरिएको अध्यक्ष कटवाल दीपकले जानकारी दिए ।

नाटकमा लकेश दंगाल, मिलन चाम्लिङ राइ, रस्मी थापा, सुजता थापा, अतित निरौला, प्रदिप दाहाल, निर्जल पौडेल, दिवस ढकाल, एलिजा ठाकुर, आकृती थापा, सचिन लिम्बु, लिला लिम्बु र मलिना तामाङको अभिनय रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल