Birat Post बिहिबार, आश्विन १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ असोज / विराटनगर महानगरपालिकाले स्वास्थ्यतर्फको वार्षिक समीक्षा सम्पन्न गरेको छ ।
महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीको अध्यक्षतामा गत आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्यतर्फ वार्षिक समीक्षा सम्पन्न भएको हो । कार्यबाहक मेयर कार्कीले महानगरले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्य गरिरहेको बताउनुभयो ।

उहाँले महानगरवासीले सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पाउने गरी कार्य गर्न स्वास्थ्यकर्मीहरुलाई आग्रहसमेत गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले महानगर क्षेत्रभित्रका सबै सरकारी तथा गैरसरकारी स्वास्थ्यसँग सम्बन्धित संस्थाहरुले समयमा नै पूर्ण रिपोर्टिङ गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले निजी संस्थाहरुले विभिन्न खाले बिरामीहरुलाई नेपाल सरकारद्वारा दिइएको छुटसम्बन्धी विवरण चुस्तदुरुस्त राख्नसमेत आग्रह गर्नुभयो ।

सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेतले स्वास्थ्य संस्थाहरुले प्रतिवेदनमा पेश भएकाजस्तै वास्तविकतामा अपनाए/नअपाएनको भनी आत्मसीक्षा जरुरी रहेको औंल्याउनुभयो ।
विगतका कमीकमजोरीलाई सच्याउँदै महानगरवासी स्वास्थ्य पहुँच अझै सहज बनाउनुपर्नेमा उहाँको जोड थियो । गत आर्थिक वर्ष स्वास्थ्य क्षेत्रमा सतप्रतिशत बजेट खर्च भएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिनुभयो ।

कार्यक्रममा महानगरका तर्फबाट तथ्यांक अधिकृत दीपक भट्टराई, वैजनाथपुर अस्पतालका तर्फबाट सिनियर अहेव अधिकृत भोला तिम्सिना, विराटनगर आँखा अस्पतालका तर्फबाट कुमार पृथुलगायतले आफ्नो संस्थाले गरेका कार्यको प्रस्तुतीकरण दिनुभएको थियो । सो अवसरमा विराटनगर महानगरअन्तर्गतका २१ वटा स्वास्थ्य संस्थासहित विराटनगर क्षेत्रभित्रका निजी स्वास्थ्य संस्थाका प्रमुख र प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल