मूल्य वृद्धिको विरोधमा उपभोक्तावादी संस्था आन्दोलित

उपभोक्ता अधिकारवादी उत्तम ढुङ्गेल भन्छन्- मूल्य वृद्धि फिर्ता हुनुपर्छ

Birat Post आइतबार, आश्विन १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१४ असोज । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा उपभोक्तावादी संस्था पव्लिक फोरमले सरकारका विरुद्ध विराटनगरमा विरोधका कार्यक्रम गर्ने भएको छ । मूल्यवृद्धि फिर्ताको माग गर्दै विरोध प्रदर्शन गर्ने संस्थाका अध्यक्ष  उत्तम ढुङ्गेलले जानकारी दिए। चाड,पर्वको मुखैमा भएको मूल्य वृद्धिको उपाहारलाई सहेर वस्नु नहुने ढुङेलको भनाइ छ । मूल्य वृद्धि संगै देशभर विरोध सुरु भएको छ ।

नेपाल आयलनिगमको  शनिबार बसेको  सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिलिटर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन  आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर २११० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटर १८२.५ रुपैयाँ, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौँ, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

यसै गरी डिजेलको मूल्य पहिलो वर्गमा १७६.५, दोस्रो वर्गमा १७८ र तेस्रो वर्गमा १७९ रुपैयाँ प्रतिलिटर कायम भएको छ। आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर १४४ रुपैयाँ र अन्तर्राष्ट्रियको मूल्य १.०९५ अमेरिकी डलर कायम भएको छ।

सम्बन्धित

ताजा अपडेट
इन्डो–नेपाल क्रिकेट प्रतियोगिता : वाइआरसिसि सेमिफाइनलमा प्रवेश
पेरूका नेता गोन्जालोलाई मारेर त्यहाँको आन्दोलननै समाप्त पारिएको स्मरण गराउँदै दुर्गा प्रसाइले भने म नेपालमै छु
विराटनगरमा बहिरा क्रिकेट बिहीबारदेखि हुदै: खेलाडीले भने “हामिले क्रिकेट खेलेको हेर्न आउनुहोस्,कस्तो लाग्छ?”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल