विराटनगर,१२ असोज । नेकपा एमाले कोशी प्रदेश अधिवेशनको उद्घाटन गर्दै एमाले अध्यक्ष केपी ओलीले सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । सर्वसम्मत नेतृत्व चयनले पार्टीभित्र आन्तरिक एकतामा वृद्धि हुने भन्दै ओलीले सर्वसम्मतिमा जोड दिएका हुन् । निर्वाचन हुने स्थिति आए केन्द्रीय नेताको संकेत बुझ्न ओलीले भनेका थिए ।
‘अन्तिमसम्म सर्वसम्मति भएन भने मात्र स्वस्थ प्रतिस्पर्धा गर्नुहोस् । स्वस्थ प्रतिस्पर्धा गर्दा गुटबन्दी नगर्नुस् । प्रतिस्पर्धापछि जितहार हुन्छ । तर, त्यसलाई पछिसम्म विषय बनाउनु हुँदैन ।