Birat Post बुधबार, आश्विन १०, २०८० मा प्रकाशित

featured photo: Birat Post

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण आशा गरेभन्दा पनि धेरै सफल भएको बताएका छन् ।

तिब्बतको ल्हासास्थित नेपाली महाबाणिज्य दूताबासले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूले लगातार भारत, अमेरिका र चीनको भ्रमण गरिरहँदा चीनको भ्रमण के कस्तो हुन्छ भनेर अन्तर्राष्ट्रिय समुदायले समेत हेरिरहेका बेला भ्रमण सफलताका साथ सम्पन्न भएको र आशा गरेभन्दा राम्रो भएको बताए ।

राष्ट्रिपति सि चिनफिङ, चीनका प्रधानमन्त्रीसँग सौहार्दपूर्ण छलफल भई नेपालको हितमा विभिन्न समझदारीहरु गर्नुले चीनले नेपाललाई विशेष महत्वका साथ हेरेको उनको भनाई छ ।

प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा नेपाल र चीनबीचका विगतमा बन्द भएका सबै नाका सञ्चालन गर्ने, परम्परादेखि पासका रुपमा चल्दै आएका साना साना नाकाहरु पनि सबै सञ्चालन गर्ने सहमति भएको बताए । उनले विगतमा सञ्चालन भएका प्राय सबै नाकाहरु खुलिसकेका र बाँकी रहेका साना ठूला सबै नाकाहरु छिट्टै खुल्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले नेपाल र चीनबीचका सबै नाकाहरु खुलेपछि नेपाल चीनको व्यापार व्यवशायका क्षेत्रमा नयाँ फड्को मार्ने उल्लेख गरे ।

सम्बन्धित

ताजा अपडेट
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिकराम कोइराला निर्वाचित
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
प्रेस सेन्टर कोशी अध्यक्षमा राजन राई निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल