विराटनगर ,८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । दुई मन्त्री र दुई राज्यमन्त्री थप गरेर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।
काठमाडौंबाट आज विराटनगर आएसँगै मुख्यमन्त्री कार्कीले बुद्धिकुमार राजभण्डारीलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र निरन राईलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त गरेका हुन् । साथै रामप्रसाद मेहता उद्योग, भूमिव्यवस्था तथा कृषि राज्यमन्त्री र लीलाबल्लभ अधिकारी आन्तरिक मामिला तथा कानुनमन्त्री बनेका छन् ।
थपिने सबै मन्त्री एमालेकै हुन् । यो विस्तारसँगै कोशीको मन्त्रिपरिषद ९ सदस्यीय भएको छ ।