Birat Post बिहिबार, आश्विन ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,४ असोज । नेपाली कांग्रेसले मंसिर १३, १४, १५ गते गर्ने भनिएको महासमिति बैठकको तयारी गर्न सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भएको छ ।

बिहिबार नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार विभाग प्रमुख मिन विश्वकर्माले, महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भए अनुसार महासमितिको बैठकको तयारीका बारेमा विभिन्न प्रस्तावहरु आएको र सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने निर्णय भएको बताए ।

‘बैठकमा तीनवटा प्रस्तावहरु प्रस्तुत भएका छन् । पहिलो नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा नीतिगत विषयहरु पारित गर्न बाँकी थियो र त्यो विषयका लागि नीति महाधिवेशन गर्ने भनिएको थियो । साउन २ गतेदेखि १० गतेसम्म बसेको बैठकले नीति महाधिवेशनको सट्टामा महासमितिको बैठकबाट नै नीति पास गर्ने निर्णय भएको थियो ।’ उनले भने, ‘महासमिति मंसिर १३, १४, १५ गते गर्ने निर्णय भए, अनुसार महासमितिको बैठकको तयारीका बारेमा विभिन्न प्रस्तावहरु आए र सभापति शेर बहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति बनाउने भन्ने छ । सोही अनुसार प्रस्ताव तयार गर्नका लागि उप सभापति तथा नीति प्रतिष्ठानका संयोजक पूर्ण बहादुर खड्काको संयोजकत्वमा नीति मस्यौदा तयारी समिति बन्ने छ ।’

त्यस्तै सो बैठकमा सांगठानिक प्रतिवेदनमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गर्ने उनले बताए । त्यस्तै आजको बैठकमा थापाले नै पार्टीका समग्र कार्यक्रमको समिक्षा प्रस्तुत गरेको र जन सरोकारका विषयमा उपसभापति पूर्ण बहादुर खड्काले जानकारी गराएको उनले बताए । आजको बैठकमा एक दर्जनभन्दा बढि सदस्यले आफ्नो भनाई राखेको र बैठक भोलि ११ बजेको लागि तय भएको उनले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
नेपाल निजामती कर्मचारी संगठन मोरङ अध्यक्षमा शालिकराम कोइराला निर्वाचित
गायत्री मन्दिरलाई साझा धरोहर बनाइने
प्रेस सेन्टर कोशी अध्यक्षमा राजन राई निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल