काठमान्डौं,४ असोज । सरकारले ल्याएको शिक्षा विधेयकको विरोधमा प्रदर्शन गरिरहेका शिक्षकहरुले बानेश्वरस्थित निषेधित क्षेत्र तोडेका छन्।
प्रहरीले निषेधित क्षेत्रमा राखेको बारहरु शिक्षकहरुले तोडेका हुन्। अहिले बानेश्वर क्षेत्रको स्थिति तनावग्रस्त बनेको छ। आन्दोलन गरिरहेका शिक्षक र प्रहरीबीच बानेश्वरमा धकेलाधकेल भएपछि शिक्षकहरु आक्रामक भएका हुन् ।
नेपाल शिक्षक संघको अगुवाइमा विद्यालय बन्द गरेर शिक्षकहरू सडकमा उत्रिएका छन्। सरकारले ल्याएको शिक्षा विधेयकको विरोध गर्दै उनीहरु आन्दोलनमा उत्रेका हुन्।