विराटनगर ,३ असोज ।
संविधान दिवसका अवसरमा विराटनगर वडा न.४ ले दीप प्रज्वलन गरेको छ । बुधबार साझ वडा कार्यालय परिसर कञ्चनबारीमा दीप प्रज्वलन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष जितन थापाले संविधान कार्यान्यवयनमा सवैले सहयोग गर्नुपर्ने बताए । संविधानको मर्म अनुसार तीन तहको सरकार बनेको र यसलाई जनताप्रति उत्तरदायी कसरी बनाउने भन्ने चिन्ता सवैमा जाग्नुपर्ने बताए ।
उनले वडावासीहरुको काम सहजरुपमा गरिरहेको र भएका समस्या समाधानमा आफु लागिरहेको पनि सुनाए । कार्यक्रममा वडाका जनप्रतिनिधि तथा स्थानियहरुको सहभागिता रहेको थियो ।