काठमाडौं, ३ असोज। सरकारले हालै ल्याएको विद्यालय शिक्षा सम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन शुरु गरेका छन् ।
नेपाल शिक्षक महासंघको आह्वानमा देशभरबाट काठमाडौं बुधबार जम्मा भएका शिक्षकहरु माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रेका छन् । उनीहरुले विद्यालय शिक्षा सम्बन्धी विधेयक सच्याउ , ‘विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर’, ‘शिक्षामा कूल बजेटको २० प्रतिशत लगानी गर’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर बिरोध जनाइरहेका छन् ।
सरकारले उचित माग संवोधन नगरेसम्म आन्दोलन जारी रहने विरोध कार्यक्रममा सहभागी शिक्षक संघ संघीय समितिका महासचिव (अर्थ) निर्मला कोइराला बताइन् । विद्यालय शिक्षा विधेयकमा रहेका प्रावधानको विरोधमा हुने आन्दोलन निर्णायक विन्दुमा नपुर्र्याइ नरोकिने उनको भनाइ छ ।