Birat Post सोमबार, भाद्र २५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ भदौ ।

उद्योग संगठन मोरङले वकर्स फरदर ट्रेनिङ अन्तर्गत  विभिन्न उद्योग प्रतिष्ठानमा कार्यरत प्राविधिकहरुको दक्षता   अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरेको पच्चिस दिने ईण्डष्ट्रियल अटोमेशन तालिम सम्पन्न भएको छ ।

तालिमको समापनमा प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र वितरण गर्दै संगठनका अध्यक्ष  राकेश सुरानाले औद्योगिक विकासका लागि पूंजी,प्रविधिका साथ साथै श्रमिकको दक्षता विकास समानान्तर रुपमा हुनु पर्ने धारणा राखे । परिवर्तित प्रविधिलाई आत्मसात गरी व्यवसायीक तालिमको माध्यमबाट श्रमिकको समयसापेक्ष दक्षता अभिवृद्धि गर्नसके उद्योगको उत्पादकत्व अभुवृद्धि हुने वताए । प्राविधिक क्षेत्रमा  देखिएको दक्ष जनशक्तिको अभावलाई सम्वोधन गर्न संगठनले आगामी दिनमा थप उद्योगको आवश्यकताका आधारमा पाठ्यक्रम तयार गरी तालिम संचालन गर्ने वताए ।

संगठनका वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठीले पेशाकर्मीहरुको ज्ञान र सीप अभिवृद्धि गरी हाल गर्दे आएको कार्यलाई थप परिस्कृत रुपमा गर्न यस प्रकारको तालिम सहयोग पुर्‍याउने विश्वास व्यक्त गर्दै प्रँविधिक
क्षेत्रमा  कार्यरत श्रमिकको कार्यसम्पादन क्षमतामा सुधार ल्याउन अनुरोध गरे ।

सैद्धान्तिक र प्रयोगात्मक गरी दुई शत्रमा विभाजित तालिम पच्चिस दिनसम्म संचालन भएको थियो । तालिममा डिजीटल पावर ईलेक्ट्रोनिक्स, प्रोसेस कन्ट्रोल, रिले कोआर्डिनेशन, पि.एल.सी, भि.एफ.डी, सेन्सर, सर्भो सिस्टम लगायतका विषय समेटिएको थियो ।

त्यसैगरी संगठनले हेल्भेटास, इन्स्योर परियोजनाको सहकार्यमा आज देखि पच्चिस दिने इन्स्ट्रमेन्टेशन तालिम प्रँरम्भ गरेको छ । उक्त तालिममा विभिन्न उद्योगका वीश जना प्रँविधिकको सहभागिता रहेको छ भने आगामी दिनमा उद्योगको माग अनुरुप वोईलर अपरेटर, प्लाष्टिक ईन्जेक्शन मोल्डिङ अपरेटर तालिम आयोजना गर्ने तयारी भईरहेको संगठनले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल