Birat Post आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ भदौ ।

सुनसरीमा सादा पोशाकमा रहेका प्रहरीमाथि आक्रमण गरी हतियार लुट्ने समूहलाई मोरङ प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । आइतबार जिल्ला प्रहरी कार्यालय मोरङमा पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुलाई प्रहरीले सार्वजनिक गरेको हो । सुनसरीको बर्जुगाँउपालिकास्थित शुक्रबारेमा शुक्रबार बिहान भएको लुटपाटमा संलग्न ७ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा १४ वर्षीय बालकसहित सुनसरीको दुहवी नगरपालिकाका ३२ वर्षीय नसुदिन मियाँ, ३० वर्षीय मोहमद अलिम मुर्तजा, मोरङको बूढीगंगा गाउँपालिकाका ४० वर्षीय रिजवन मियाँ, २५ वर्षीय सिजाम आलम, २१ वर्षीय मोहमद नजरुल मियाँ रहेका छन्।

यस्तै, घटनामा संलग्न ४० वर्षीय भारतीय नागरिक मोहम्मद आलम पनि पक्राउ परेका छन्। आलम पछिल्लो समय सुनसरीको दुहवीमा बसोबास गर्दै आएका थिए। उनीहरु मोरङको बुढीगंगा गाउँपालिकाको विभिन्न स्थानबाट पक्राउ गरेको उनले जानकारी दिए।

लुटपाटमा संलग्नहरु

पक्राउ परेको समूहबाट चाइनिज पेस्तोल, कटुवा पेस्तोल, चक्कु, मोटरसाइकलसमेत बरामद भएको छ। उनीहरुको साथबाट नेपाली १ लाख ७५ हजार रुपैयाँ, भारतीय ११ हजार ६ सय रुपैयाँसमेत बरामद भएको छ। बरामद चाइनिज पेस्तोल प्रहरीबाट लुटिएको र कटुवा पेस्तोल अपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको अनुसन्धानका क्रममा खुलेको छ ।

प्रहरीले चाइनिज पेस्तोल बुढीगंगा गाउँपालिकाका रिजवान मियाँको घरमा फेला पारेको हो। रिजवान पछिल्लो १५ वर्षदेखि मोरङ र सुनसरीमा विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहेको अनुसन्धानमा खुलेको बताइएको छ। रिजवानविरुद्ध ज्यान मार्ने उद्योगदेखि चोरी, डाँकालगायतका १० वटा विभिन्न मुद्दा रहेका छन्।

शुक्रबार बिहान सुनसरीको बर्जु गाँउपालिकास्थित शुक्रबारेमा इलाका प्रहरी कार्यालय दुहवीबाट खटिएको सादा पोशाकका प्रहरीमाथि सो समूहले आक्रमण गरेको थियो।

सादा पोशाकका प्रहरी जवान विमन परियार र प्रेम चौधरी सो क्षेत्रमा हुने अपराधिक घटनाक्रमबारे सूचना संकलन र नियन्त्रणका लागि शुक्रबारे पुगेका थिए। सोही क्रममा उनीहरुमाथि आक्रमण गरी हतियार लुटिएको थियो। पक्राउ परेकाहरुविरुद्ध डाँका, हातहतियार खरखजना र संगठित अपराधमा मद्दा चलाउने प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मोरङ प्रहरी प्रमुख दीपक पोखरेलले यो घटनामा सम्लग्न पक्राउ पर्नुलाई उपलव्धीकारुपमा ठानिएको बताए । पत्रकार सम्मेलनमा प्रहरीको हौसला बढाउन भन्दै प्रदेश प्रहरी प्रमुख राजेशनाथ बास्तोला समेत सहभागी भएर चासोपूर्वक घटनास्थलमा बरामद सामानहरुका बारेमा बुझेका थिए । जिल्लाले गर्ने यसखाले अन्य पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख आएको सम्भवत यो पहिलो हो ।

सम्बन्धित

ताजा अपडेट
माघ ८ बाट बिर्तामोडमा ‘अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’
धर्म र संस्कृतिको जर्गेनामा सबै लाग्नुपर्छ : मेयर कोइराला
पत्रकारलाई सम्मान गर्दै नेता सिटौलाले भने, ‘‘जनताको माझबाट गरिबी हटाउन प्रेस जगतले झकझकाउनुपर्छ”

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल