Birat Post आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर, २४ भदौं । जमरकट्टेल वंश एकता प्रतिष्ठान केन्द्रीय कार्यसमिति विराटनगरको १० औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । विराटनगर–१९ बैजनाथपुरस्थित प्रतिष्ठानको केन्द्रिय कार्यालयमा साधारण सभा गरिएको हो ।

प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेलले ब्यानर उघारेर साधारण सभा उद्घाटन गरेका थिए । साधारण सभामा सचिव डिल्लीराम जमरकट्टेलले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरे । त्यस्तै, कोषाध्यक्ष टिकाराम जमरकट्टेलले गत आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । दुवै प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।

कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार समिति संयोजक राजु जमरकट्टेल, सल्लाहकार चन्द्रप्रसाद जमरकट्टेल, अध्यक्ष कुमारमणी जमरकट्टेल, उपाध्यक्षद्वय कृष्णप्रसाद जमरकट्टेल र थीरप्रसाद जमरकट्टेलले वंशको हितका लागि बन्धुहरुबीचको एकतालाई मजबुत बनाउँदै अघि बढ्नुपर्नेमा जोड दिए ।

प्रतिष्ठानका सचिव रविन जमरकट्टेलले सञ्चालन गरेको कार्यक्रममा सदस्य एकराज जमरकट्टेलले मन्तव्यमार्फत सहभागीहरूलाई स्वागत गरेका थिए । कार्यक्रममा भारद्वाज ऋषिको सालिकमा माल्यार्पण पनि गरियो । साधारण सभामा मोरङ, सुनसरी, झापा, धनकुटा, उदयपुर लगायत जिल्लाका जमरकट्टेल बन्धुहरू सहभागि थिए ।

कोशी प्रदेशमा मात्र करिब २० हजारको सङ्ख्यामा जमरकट्टेलहरु छन् । बन्धुहरुबीचको एकताका लागि प्रतिष्ठान निर्माण गरेर अघि बढेका जमरकट्टेलहरुले विराटनगर–१९ स्थित बैजनाथपुरमा करिब दुई करोडको लागतमा सुविधासम्पन्न सामुदायिक भवन निर्माण गर्दैछन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल