Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० भदौ । विराटनगर स्थित सत्यनारायण मन्दिरले बाल गोपाल प्रतियोगिता गरेको छ । बुधबार आयोजित प्रतियोगितामा ८ वर्ष मुनिका १८ जना बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य भीम पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बालबालिकाकाले विभिन्न पहिरनमा आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए । उक्त प्रतियोगितामा ग्रीसा अग्रवाल प्रथम,ओबिया थापा दोस्रो,रुद्राश तोदी तेस्रो भएका थिए ।

कार्यक्रममा बोल्दै कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले धार्मिक र नैतिकवान शिक्षाले समुन्त समाजको जग निर्माण गर्ने वताए । आफ्ना धर्म,परम्परा र संस्कृति संरक्षणमा लाग्न पनि उनले जोड दिए ।

उक्त कार्यक्रममा सत्यनारायण मन्दिरका अध्यक्ष रामअवतार अग्रवाल, धार्मिक तथा सामाजिक अभियन्ता भीखमचन्द सरल,जितेन्द्र कुमार राठी ,घनश्याम राठी, बालगोपाल प्रतियोगिताका संयोजक डिल्लीराम अधिकारी,राजेन्द्र करुवा र रामजीवन अग्रवाल लगायतको सहभागिता रहेको थियो । मन्दिरले प्रत्येक वर्ष बालगोपाल प्रतियोगिता गर्दै आएको छ ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल