Birat Post बुधबार, भाद्र २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० भदौ । विराटनगरमा निकालिने दक्षिण एसियाकै ठूलो र पुरानो रथ यात्रा श्री राधाकृष्ण रथयात्राको तयारी पूरा भएको छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने ५५ औँ संस्करणको रथ यात्राको तयारी पुरा भएको हो ।

रथयात्रा सम्पन्न गर्न १८ वटा उपसमितिहरू गठन गरिएको छ । रथयात्राको व्यवस्थापनका लागि भने ५ सय बढी स्वयंसेवकहरू छनौट गरिएको छ ।

रथयात्रामा नेपालबाट मात्रै नभई भारतको बिहार, पश्चिम बङ्गाल लगायतबाट समेत भक्तालुहरु आउने गरेका छन् ।

कोरोना महामारीका कारण विगतका वर्षमा रथयात्रा प्रभावित हुँदै आएको थियो । अघिल्लो वर्ष निकालिएको रथयात्रा समेत कोरोनाकै कारण प्रभावित भएको थियो । तीन वर्ष अघि परम्परा धान्ने हिसाबले खटयात्रा मात्र निकालिएको थियो ।

यस पटक अवस्था सबै प्रकारले सहज भएकाले श्रद्धालुको सहभागिता बढ्ने मन्दिर समितिका सदस्य कृष्ण कार्कीले बताए ।

रथयात्राको व्यवस्थापकीय कार्यहरू पुरा भइसकेको र रथको शृङ्गार कार्य भइरहेको मन्दिर समितिका अध्यक्ष एवं मूल समारोह समितिका संयोजक कैलाश रेग्मीले जानकारी दिए ।

मन्दिर परिसरबाट बिहीबार दिउँसो ३ बजेपछि रथयात्रा प्रारम्भ हुने छ । रथले मन्दिर परिसरबाट मेनरोड सहित धरानरोड हुँदै झण्डै ९ किलोमिटर दुरी तय गरी पुन: मन्दिरमा लगेर विसर्जन गरिने तयारी छ ।

यात्राका क्रममा रथलाई ४३ स्थानमा रोकिने छ । श्रद्धालु र भक्तजनका लागि रथ तान्न दुवैतर्फ ७५—७५ फिटको डोरी राखिएको छ । रथयात्राका दिन सधैँ जसो यस पटक पनि विराटनगरमा सार्वजनिक बिदा दिइएको छ ।

रथयात्रामा आउने श्रद्धालुका लागि प्रहरीको सुझाव

प्रहरीका जिल्ला प्रहरी कार्यालय मोरङले एक सूचना जारी गर्दै राधाकृष्ण रथयात्रामा लाखौंको संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति हुने र उक्त समारोहमा हुने भिडभाडको फाईदा उठाउँदै आपराधिक प्रवृत्तिका मानिसहरूबाट चोरी, लुटपाट, पाकेटमारी लगायतका अवाञ्छित गतिविधि हुनसक्ने जनाएको छ ।

यस्तै रथयात्राका क्रममा भागदौड मच्चिई मानवीय दुर्घटना हुनसक्ने, बालबच्चाहरू हराउन सक्ने, बृद्ध बृद्धाहरू घाईते हुनसक्ने जोखिम रहेको भन्दै प्रहरीले ११ बुँदे सूचना जारी गरेको हो ।प्रहरीले प्रभावकारी सुरक्षा व्यवस्थाको लागि भन्दै बहुमूल्य गरगहनाहरू नलगाउन, नगद र बहुमूल्य सामाग्रीहरू साथमा नल्याउन, रथयात्राको मार्ग ९राधाकृष्ण मन्दिर ९तिनपैनी चोक–ट्राफिक चोक–रोडशेष चोक–बसपार्क–महेन्द्र चोक–भृकुटी चोक– बरगाछी चोक–दुर्गा चोक हुँदै राधाकृष्ण मन्दिर० र समारोहस्थल वरपर सवारी साधन पार्किङ नगर्न आग्रह गरेको हो ।

यस्तै सवारी साधनहरूमा ह्यान्डल लक, ह्विल लकलगायतका सुरक्षाका अतिरिक्त विधिहरु अपनाउन, सिसिटीभी तथा मानिसको निगरानी रहेको सुरक्षित स्थानमा मात्र पार्किङ गर्न, आफ्नो साथमा बालबालिकाहरू लिई समारोहमा नआउन, वृद्धवृद्धाले साथमा सहयोगी लिएर मात्र आउन प्रहरीले आग्रह गरेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल