Birat Post आइतबार, भाद्र १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ भदौ । कोसी प्रदेश राजधानी विराटनगरस्थित ग्लोबल आइएमई बैंकका विभिन्न पाँचवटा शाखाका महिला कर्मचारीहरुले तीज मनाएका छन् । विराटनगरस्थित विभिन्न शाखाका अधिकृत तथा विभिन्न तहका कर्मचारीले संयुक्त रुपमा शनिबार हरितालिका तीज मनाएका हुन् ।

विराटनगरस्थित जलजला मोड, ट्राफिक चौक, मेनरोड, तीनपैनी र कंचनबारी शाखाका कर्मचारीहरुले संयुक्त रुपमा तीज मनाएका हुन् । व्यवसायिक कर्मसँगैको व्यवस्तताबाट केही फर्सद मिलाएर सांस्कृति पर्वको महत्व एकता र आपसी प्रेममा अझ झल्कने भएकोले संयुक्त कार्यक्रम गरी तीज मनाइएको ट्राफिक चौक शाखाकी अपरेस्नल इन्चार्ज(ओआई) मधु कोइरालाले बताइन ।

उनले भनिन्,“हरितालिका तीज नेपाली महिलाहरुको महान पर्व पनि हो । हामीले पर्वलाई आपसी भाइचाराको रुपमा अघि बढाउने उद्देश्यले एकसाथ मनाएका हौं ।” केही समय अघिमात्र बैंक अफ काठमाडौलाई गाभेर चुक्ता पूँजीका आधारमा ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो बैंक बनेको थियो । बैंकको कोसी प्रदेशस्थित सबै जिल्लामा शाखा कार्यालय रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल