Birat Post मंगलबार, भाद्र १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ । सन टु हुमन फाउण्डेसनले विराटनगरमा नयाँ दृष्टिकोण वाला शिविरको आयोजना गरेको छ । विराटनगरको सिटी प्यालेसमा आयोजित शिविर मंगलबार बाट शुरु भएको छ ।

तीनदिन सम्म चल्ने यो शिविरमा विराटनगरका ६ सय जना मानिसहरुको सहभागिता रहेको छ । यो शिविर नेपालमा पहिलो पटक भएको हो । शिविरमा प्राचीन ज्ञान ,आधुनिक विज्ञान ,शरिर साथै  स्वस्थ्य मनको लागि आनंदित चेतना वारे जानकारी प्रदान गरिने आयोजकको भनाइ छ ।

कार्यक्रममा भारतवाट सुत्रधार राजेश सारडा,कमल मन्त्री , मामैत्री  लगायतको उपस्थिती रहेको छ । यसका लागि आवश्यक आहार, सही व्यायाम, सही ध्यानका साथ यूनिवर्सल सूत्र प्रदान गरिने आयोजक समितिका सदस्य आनन्द मारुले जानकारी दिए । शिविरमा ध्यान सकिए पछि सात्विक आहारको व्यवस्था समेत गरिएको छ ।

यस कार्यक्रमलाई सफल वनाउन विराटनगरका उद्योगी तथा समाजसेवी नारायण तापडिया,घनश्याम राठी,राजेश लखौटिया,नन्दु तापडिया, गिरिजा सारडा,शिवरतन जोशी लगायतका व्यक्तिहरु सहभागी भएका छन् । यस शिविरमा कोशी प्रदेशका सांसद भीम पराजुली,पूर्व प्रदेशसभा सांसद जयराम यादव, एमाले नगर अध्यक्ष सागर थापा लगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहेको छ ।

केही तस्विरहरु : 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल