काठमाडौँ,३१ साउन । प्रधान सेनापति प्रभुराम शर्मा आगामी भदौ ७ गतेदेखि ११ सम्म भारत भ्रमणमा जाने भएका छन्।
प्रधान सेनापति शर्मा ‘इन्डो प्यासिफिक आर्मी चिफ्स कन्फरेन्स’ मा सहभागी हुन शर्मा भारत जान लागेका हुन्।
उक्त अवसरमा नेपाल(भारतबीचका द्विपक्षीय सुरक्षा मामिलाका विषयमा समेत छलफल हुनेछ।
प्राप्त सूचना अनुसार उक्त सम्मेलन भारतीय सेनाप्रमुख र अमेरिकी सेनाप्रमुखले संयुक्त रुपमा आयोजना गरेका हुन्।