Birat Post सोमबार, साउन २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ साउन

बागेश्वरधाम सरकारका नामले परिचित हनुमानजीका अनन्य भक्त धीरेन्द्र शास्त्री नेपाल आउने हुनुभएको छ । धीरेन्द्र शास्त्री एक चमत्कारिक प्रतिभा भएका युवा हुनुहुन्छ । जो २६ बर्षको उमेरमा लाखौंको मनमा ठाउँ लिन सफल हुनु भएको छ । यही भदौ २, ३ र ४ गते नवलपरासीको साश्वत धाममा हनुमान चरित्र र राम कथा बाचनका लागि तयारी गरिएको छ ।

१६ औं शताब्दीमा कवि तुलसी दासले हनुमानलाई समर्पण गरेर हनुमान चालिसा लेख्नु भएको थियो । भनिन्छ, तुलसी दास त्यतिबेला जेलमा हुनुहुन्थ्यो, हनुमानजीलाई सशरीर भेटेपछि हनुमान चालिसा लेखेको र उक्त भेटमा हनुमानजीले आफू हरेक युगमा हुने र कलियुगमा मानिसको शरीरमा हुने बताउनु भएको बिभिन्न धार्मिक दस्ताबेजमा उल्लेख छ ।

हनुमान चालिसा बिश्व प्रसिद्ध छ । सन २०१६ मा अमेरिकाका तात्कालिन राष्ट्रपति बाराक ओबामाले हनुमान चालिसाको सानो किताब साथमा राख्ने गर्नु भएको भनी मिडियामा ब्यापक चर्चाको बिषय बनेको थियो । बिभिन्न भारतीय मिडियाले यो कुरालाई महत्वपूर्ण स्थान दिएर प्रचार प्रसार गरेपछि तथ्य जाँच (फ्क्याक्ट चेकिङ्ग) गर्ने संस्थाहरुले केलाउँदा ओबामाले हनुमान चालिसा होइन हनुमानजीको सानो प्रतिमा लिएर हिड्ने गरेको सत्य भएको पत्ता लागेको थियो ।

सन २०१६ को जनवरी १६ मा राष्ट्रपति ओवामाले दिनु भएको एउटा भिडियो अन्तवार्तामा ‘म अन्धबिश्वासी होइन तर म हनुमान र बुद्धको प्रतिमा साथमा राख्छु, जब म थकित र हतोत्साही महसुश गर्छु त्यस्तो बेलामा म पकेटमा भएको हनुमानको प्रतिमा हेर्छु र ‘ओभर कम’ हुन्छु’ भन्दै साथमा रहेको पित्तलको झैं लाग्ने हनुमानजीको सानो प्रतिमा देखाउनु भएको छ ।

उक्त भिडियो क्लिप अहिलेपनि इन्डिया टुडेको अर्काइभमा भेट्न सकिन्छ । धीरेन्द्र शास्त्रीले आफूले जे गरिरहेको, भनिरहेको छु त्यो सबै हनुमानजीका कारण भएको भन्दै आउनु भएको छ । शास्त्रीलाई भेट्न कैंयौं नेपालीहरु भारतको मध्यप्रदेशमा रहेको बागेश्वरधाम पुग्ने गरेका छन । हिन्दु मात्र नभई बिभिन्न धर्मावलम्बीहरुले हनुमानजीलाई श्रद्धाभावका साथ हेर्ने गर्छन ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल