Birat Post आइतबार, साउन २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २८ साउन ।
विराटनगरमा भएको प्रथम देवीबहादुर कट्वाल र कपिलबहादुर पाण्डे स्मृति टेबलटेनिस प्रतियोगिताको उपाधि सेन्टमेरिज र एभरेष्ट स्कुलले जितेका छन् ।
प्रतियोगिताको विभिन्न इभेन्ट्समा भएका खेलमा सेन्टमेरिज, एभरेष्ट, बुढानिलकण्ठ, अरनिको र लिलिपुट स्कुल विजयी हुँदै उपाधि जितका हुन् ।
विराटनगर टेबलटेनिस क्लबले आयोजना गरेको प्रतियोगितामा ओपन जुनियर गल्र्स सिंगलतर्फ सेन्टमेरिजकी आर्नवी भट्टराईले सोही स्कुलकी विज्ञता थापालाई ११–७, ११–५ र ११–६ सोझो सेटमा पराजित गर्दै उपाधि जितिन् । सेन्टमेरिजकी मनिमा दाहाल र मानसी सेठिया तृतिय भए ।
ओपन जुनियर ब्वाइज सिंगलतर्फ एभरेष्ट स्कुलका सुशान्त मेहताले बुढानिलकण्ठ स्कुलका रुपेश श्रेष्ठलाई १२–१०, ११–८, ९–११ र ११–८ ले स्कोरले पराजित गर्दै उपाधि जिते । लिलिपुटका श्रीजल प्याकुरेल र लिलिपुटकै पृथकराज राई तृतीय भए ।
क्याडेट गल्र्स सिंगलतर्फ बुढानिलकण्ठ स्कुलकी मानसी तामाङले अरनिकोकी सुवेक्षा कर्णलाई ११–५ र ११–५ सेटमा हराउँदै उपाधि जितिन् । पिटर प्यान स्कुलकी प्रेशिका न्यौपाने र इशिका अग्रवाल तृतिय भए । क्याडेट ब्वाइज सिंगलतर्फ अरनिको स्कुलका आयुद्ध भण्डारीले एभरेष्ट स्कुलका रेहन यादवलाई ११–८ र ११–९ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । सगरमाथा स्कुलका जीवन पण्डित र बुढानिलकण्ठ आयन श्रेष्ठ तृतीय भए ।
गल्र्स सिंगलतर्फ एभरेष्टकी कृपा पोखरेलले श्री श्री रविशंकरकी स्वाती साहलाई ११–६, ९–११, ११–९ र ११–९ स्कोरले हराउँदै उपाधि जितिन् । श्री श्री रविशंकरकी सिम्रन सुवेदी र सेन्टमेरिजकी स्वर्णीमा बुढाथोकी तृतीय भए । ब्वाइज सिंगलतर्फ लिलिपुटका श्रीजल प्याकुरेलले बुढानिलकण्ठका रिजन पाण्डेलाई ११–७, ६–११, ११–७ र ११–३ स्कोरले हराउँदै उपाधि जिते । सगरमाथाका अभिषेक मुखिया र श्री श्री रविशंकर सक्षम बस्नेत तृतीय भए ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरुलाई शिल्ड, मेडल तथा प्रमाणपत्र कोशी प्रदेशसभाका सदस्य केदार कार्की, टेबलटेनिस संघका केन्द्रीय सदस्य अनुज बानियाँ, आयोजक क्लबका अध्यक्ष बिकेन थापालगायतले पुरस्कार प्रदान गरे ।
प्रतियोगितामा विराटनगरका १६ वटा निजी विद्यालयबाट १ सय ८० जना खेलाडीहरुले ब्वाइज र गल्र्स सिंगल, क्याडेट ब्वाइज र गल्र्स तथा जुनियर ब्वाइज र गल्र्सका इभेन्ट्समा सहभागिता जनाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
जलनको उपचार निःशुल्क गर्ने मन्त्रिपरिषदको निर्णय
रास्वपा आन्दोलनमा उत्रिएपछि पोखरामा निषेधाज्ञा जारी
अन्ततः पक्राउ परे रवि लामिछाने, कसरी अघि बढ्छ अनुसन्धान ?

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल