Birat Post शनिबार, साउन २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७  साउन ।

एलपि ग्याँस विक्रेता संघ मोरङको ८ औं अधिवेशन तथा १५औं साधारण सभा सम्पन्न भएको छ। शनिबार सुन्दरहरैचा विराटचोक स्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको अधिवेशनमा एल.पि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापा , प्रदेश अध्यक्ष सरल राज पोखरेल ,पूर्व केन्द्रीय उपाध्यक्ष तथा पुर्व जिल्ला अध्यक्ष बिरेन्द्र कार्की ,पूर्व जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी,सल्लाहकार ज्ञानेन्द्र ओली,सल्लाहकार सन्तोष रौनियार ,सल्लाहकार मणिलाल श्रेष्ठ ,सल्लाहकार प्रदीप खनाल,पुर्व केन्द्रीय सदस्य राजेश निरौला लगायतको सहभागिता रहेको थियो ।

मोरङ्ग जिल्ला अध्यक्ष गणेश कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक सुनिल बोहोराले गरेका थिए । संघका मोरङ अध्यक्ष गणेश कुमार साहले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष सुनिता सिग्देल भट्टराईले प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा एल.पि ग्यास बिक्रेता संघका केन्द्रीय अध्यक्ष चन्द्र बहादुर थापाले ग्यास डिलर प्रमाणीकरण ,लागतको हिसाबले कमिसन वृद्धि हुनुपर्नेमा जोड दिएको बताए । उनले नेपाल आयल निगम ,आफुर्ती मन्त्रालयमा यसका लागि आवश्यक पहल गरिरहेको जानकारी दिए । उपभोक्ता सचेतना कार्यक्रमको लागि काम गर्न पनि उनले आग्रह गरे ।

यस्तै सुनिल बोहोराको नेतृत्वमा २२ सदस्यीय कार्यसमिती चयन भएको छ । जसमा वरिष्ठ उपाध्यक्षमा दिपेन्द्र श्रेष्ठ ,प्रथम उपाध्यक्ष कल्पना गौतम, द्वितीय उपाध्यक्ष सुधिर यादव, तृतीय उपाध्यक्ष रामकृष्ण खड्का, सचिव बेदेन्द्र श्रेष्ठ ,सहसचिवमा लक्ष्मी दाहाल, कोषाध्यक्षमा प्रभा घिमिरे तिम्सिना तथा सदस्यहरु दिलिप अग्रवाल ,रमेश खड्का,आनन्द राज भण्डारी ,बिष्णु प्रसाद भण्डारी ,गौरी गुप्ता ,हरिराज प्याकुरेल ,नन्द कुमार दाहाल,मोति बहादुर मगर,मोहन प्रसाद दाहाल,धारणा खनाल  ,जितराज घिमिरे ,गोपाल बस्नेत रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल