Birat Post शुक्रबार, साउन २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

साउन,१५ शुक्रबार । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले- २०२४ को लोकसभा चुनावमा सबै रेकर्ड तोडेर भव्य विजय हासिल गर्ने दावी गरेका छन् । लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गरेका हुन् ।

उनले भने, “एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रो लागि सधैं भाग्यको बिषय बनेको छ । आज म देख्न सक्छु कि तपाईं (विपक्षी) ले निर्णय गर्नुभएको छ कि एनडीए र भाजपा विगतका सबै रेकर्डहरू तोड्दै, जनताको आशीर्वादका साथ- २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन् ।”

उनले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताए। मोदीले भने, “भारतीय जनताले हाम्रो सरकारमाथि पटक(पटक विश्वास देखाएका छन् । म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।”

प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे ।

“परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।”

उनले विपक्षी गठबन्धनलाई सङ्केत गर्दै भने, “मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको बेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन तर उनीहरूका लागि परीक्षा हो ।अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।”

प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दावी गरेका छन् ।

मोदी सरकारविरूद्द लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव परास्त भएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल