संखुवासभा,२४ साउन ।
संखुवासभा कारागारमा झडप हुँदा दुई जना कैदीबन्दीको मृत्यु भएको छ । संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीका अनुसार मृत्यु हुनेमा मादी नगरपालिका(५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका(७ नुवाकोटका २८ वर्षीय आकाश बलामी रहेका छन् ।
बुधबार बिहान कारागारभित्र अचेत अवस्थामा फेला परेका उनीहरुको अस्पताल मा उपचारको क्रममा मृत्यु भएको हो । तोलाङी जबरजस्ती करणी मुद्दामा १८ वर्ष र बलामी चोरी मुद्दामा ३ वर्षको कैद भुक्तानी गरिरहेका थिए।
घटना शंकास्पद देखिएकाले संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा समिति गठन गरेर अनुसन्धान अघि बढाइएको छ ।