Birat Post आइतबार, साउन २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२१ साउन

मोरङको हाटखोला– रंगेली हुलाकी सडक निमार्णको माग राख्दै कटहरीका स्थानीय आन्दोलनमा उत्रिएका छन् । चार वर्ष बितिसक्दा पनि हुलाकी सडक निमार्ण पुरा नभएपछि स्थानीयहरु आन्दोलनमा उत्रिएका हुन् । नागरिक संघर्ष समितिको नाममा आन्दोलनको सुरुवात गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङ अगाडी सडकमा धर्ना दिन थालिएको हो । धर्नाकार्यक्रमलाई नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी, जसपा र कटहरी उद्योग वाणिज्य संघले समर्थन गरेको छ । हुलासी सडक समयमै निमार्ण नहुँदा मोरङको रतुवामाई नगरपालिका, सुनवर्षी नगरपालिका, रंगेली नगरपालिका, धनपालथान र कहटरी गाउँपालिका क्षेत्रका स्थानिय मारमा परेका छन् ।

धर्ना कार्यक्रमको समर्थन गर्दै सहभागी भएका नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा कोशी प्रदेशका प्रदेशसभा सदस्य भीम पराजुलीले सडक समयमै नबन्दा परेको समस्या र सडक छेउका बासिन्दाहरू सडकवाट उडेको धुलोका कारण घरमा बस्ननै असहज भइरहेको बारे सम्वन्धित निकाय मौन वस्न नमिल्ने बताउछन् । उनले आफ्नो निर्वाचन क्षेत्रका जनताले बेहोरिरहेको सास्ती चाढै हल गर्न लागिपर्ने बताए ।

बनाउँदा–बनाउँदैको सडक अलपत्र पारेर ठेकेदारहरु सम्पर्क विहीन बनेका छन् । तीन अर्ब ६० करोड लागतमा ४४ किलोमिटर सडक निर्माणको ठेक्का लिएका निर्माण व्यवसायीले ८० प्रतिशत रकम खर्च गरे पनि भौतिक प्रगति भने ४० प्रतिशत मात्र छ ।

२०७६ सालमा तीन वर्ष भित्र चार लेन सडक निर्माण गर्ने ठेक्का सम्झौता भए पनि म्याद थपेर २०८० साल कार्तिकसम्म पुर्‍याइएको थियो । तर अहिलेसम्म जम्मा १६ किलोमिटर कालोपत्रे भएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल