काठमाडौं, १५ साउन ।
दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरुप्रसाद निरौलालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ घण्टाभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको छ ।
सरकारी निवासमा अनैतिक गतिविधिमा रहेको भिडियो सार्वजनिक भएपछि विवादमा आएका निरौलालाई हाजिर हुन मन्त्रालयले निर्देशन दिएको हो ।
भिडियो सार्वजनिक भएपछि मन्त्रालयले सत्य तथ्य बुझ्न बोलाएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीका प्रेस संयोजक बुद्ध लोप्चनले जानकारी दिए ।