Birat Post सोमबार, साउन १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ साउन । विराटनगरमा आँखा पाक्ने रोग (कन्जन्टिभाइटिस)का बिरामी बढ्दै गएका छन्। चर्को गर्मी याम, धुलो धुवाँसँगै मानिसको आँखा पाक्न थालेपछि विराटनगर महानगरपालिकाले महानगरभित्रका सबै विद्यालयलाई सचेत रहन आग्रह गरेको छ।

विद्यालयमा विद्यार्थीबीच यसले प्रभाव बनाउँदै लगेको बताएका महानगरका स्वाथ्य महाशाखा प्रमुख हैदर अलीका अनुसार पछिल्लो एकसातादेखि विराटनगरमा आँखा पाक्ने रोगका विरामीको संख्या बढ्दै गएको छ।

महानगरका विभिन्न वडासंँगै विद्यार्थीहरुमा आँखा पाक्ने रोगको समस्या देखिँदै आएको उनले बताए। स्वास्थ्य महाशाखा प्रमुख अलीका अनुसार हाल महानगरले आँखामा देखिएका विभिन्न समस्यालाई लिएर जथाभावी औषधी प्रयोग नगर्न सुझाव दिँदै आवश्यक जाँचका लागि चिकित्सकलाई सम्पर्क गर्न आग्रह गरेको छ।

समुदाय, विद्यालय, वित्तीय संस्था, सार्वजनिकस्थलमा आँखा पाक्ने रोग चाँडै सर्ने गरेको बताएका अलीले भने,’अहिले हामीले सचेत रहनका लागि आह्वान गरेकाछौँ। यो रोग लाग्नेक्रम बढ्दै गएको छ। आवश्यक्ता अनुसार महानगरले स्वास्थ्य शिविरदेखि अन्य सहजीकरणका लागि काम थाल्नेछ।’ महानगरले विरामीको यकिन आँकडा राख्ने कार्य सुरु गरेको बताएका अलीले अधिकांश वडाका विद्यालयबाट विद्यार्थीमा समस्या देखिँदै गएको जानकारी दिए।

विराटनगर रानीस्थित विराटनगर आँखा अस्पतालका प्रबन्धक कुमार पृथुका अनुसार गर्मीयामका कारण आँखामा समस्या देखिन थालेको छ। गर्मीका कारण आँखा रातो हुने, कचेरा आउने, आँखा माड्दा आसु आउनेलगायतका समस्या लिएर अस्पतालमा दैनिक करिब २ सयको संख्यामा विद्यार्थी तथा विरामी उपचारका लागि पुग्ने गरेको उनको भनाइ छ।

प्राय: गर्मीको याममा आँखामा यसप्रकारको समस्या देखिने गरेको बताएका अस्पताल प्रबन्धक कुमार पृथुले चिकित्सकको सल्लाह अनुसार औषधि प्रयोग गरेको कम्तीमा ३ दिनपछि देखिएको समस्या विस्तारै हल हुँदै जाने बताए।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल