काठमाडौं ,१४ साउन । कोशी सरकार कसले बनाउला र यसकालागि के गर्न सकिन्छ भन्नेमा दलहरुले उच्च महत्व दिएका छन् । यसमध्ये पनि सत्ता गठबन्धनमा आबद्ध दलका शीर्षनेताहरूका बीचमा गहन छलफल भएको बताइएको छ ।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, कांग्रेसका उपसभापति तथा उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री विश्वप्रकाश शर्मा र नेता कृष्णप्रसाद सिटौला लगायतले कोशी सरकार निर्माणका विषयमा चाल्नुपर्ने कदममा छलफल गरेका हुन् ।
सर्वोच्च अदालतले कोशी प्रदेशको सरकार गठनको नयाँ प्रक्रिया अगाडि बढाउन आदेश दिएको छ । सत्ता समिकरण पेचिलो र रणनीतिकरुपमा कठिन बन्न थालेपछि राजनीतिक स्तरमा वार्ता र छलफल तिव्र बनेका छन् ।