Birat Post मंगलबार, साउन ०९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ साउन । मोरङका वैदिक सनातन धार्मिक समूहले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन्।

धरान–१४ स्थित बालगोपाल मन्दिरको अगाडि इसाइ धर्मावलम्बीहरुले चर्च निर्माण गरी धार्मिक सद्भाव खलल गर्ने कार्यमा मेयर साम्पाङले साथ दिएको भन्दै कारबाहीका लागि मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवसमक्ष ज्ञापनपत्र बुझाइएको हो।

नगरप्रमुख साम्पाङले आफ्नो क्षेत्रमा रहेको समस्या समाधान गर्नुको साटो जातीय तथा धार्मिक सद्भाव भड्काउनेजस्ता अनर्गल अभिव्यक्तिहरु दिइरहेकोले कारबाहीको माग गरिएको छ।

उनीहरुले हिन्दु धार्मिक आस्थामाथि प्रहार हुने गरी कानूनी प्रक्रिया पूरा नगरी चर्च निर्माण गरिनुले उपमहानगरपालिका समेत दोषी रहेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

स्थानीयले भवनबारे चासो राख्दासमेत सम्बन्धित व्यक्ति देखा नपर्ने, काम गर्नेहरुले कहिले पार्टी प्यालेस, कहिले होटल भनेर भ्रममा राखेको उनीहरुको भनाइ छ।

प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमान्त्री कार्यालय, जिल्ला प्रशासन कार्यलय सुनसरी र धरानका मेयर साम्पाङलाई बोधार्थ हुने गरी उनीहरुले ज्ञापनपत्र बुझाएका हुन्।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल