विराटनगर, २७ असार । मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ ले नव निर्वाचित उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुराना सहित कार्यसमितिका नवनिर्वाचित पदाधिकारी साथै कार्यकारिणी सदस्यहरुलाई स्वागत तथा कार्यकालको शुभकामना प्रदान गरेको छ ।
उद्योग,व्यापार र आर्थिक मन्दी संगै कसरी उद्योग व्वावसायलाई अगाडि वढाउने भन्ने विषयमा समेत कार्यक्रममा छलफल भएको थियो । कार्यक्रममा मोरङ व्यापार संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य नविन रिजाल ,नेपाल उद्योग परिसंघ, प्रदेश नं.१ का अध्यक्ष भीम घिमिरे , संघका महासचिव अनिल सारडा लगायले स्वागत तथा शुभकामना प्रदान गरेका थिए ।