Birat Post शुक्रबार, आषाढ २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२२ असार । नेकपा एमालेका नेता एवं सांसद योगेश भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले सिंगो मुलुकको शीर झुकेको बताएका छन् ।

शुक्रबार सभामुख देवराज घिमिरेले बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठकमा संसद नियमित गर्नेबारे ठोस सहमति नभएपछि सञ्चारकमींसँग कुरा गर्दै सांसद भट्टराईले आपत्तिजनक कुरा गर्ने मानिसलाई प्रधानमन्त्री स्वीकार गर्न नसकिने बताएका हुन् ।

उनले भने, ‘प्रधानमन्त्रीजीले जुन अभिव्यक्ति दिनुभयो त्यो अभिव्यक्तिले नेकपा एमालेको मात्र नभई मुलुकको शीर झुकेको छ । छिमेकी मुलुकलाई हाम्रो विवादमा तान्ने कोशिस गर्नुभयो । यो कुटनीतिक मर्यादाको हिसावले पनि घोर आपत्तिजनक कुरा हो । प्रधानमन्त्रीलाई नभएको जस्तो लाग्छ । त्यो तहको मान्छेलाई प्रधानमन्त्री स्वीकार्न सकिँदैन ।’

अब पछाडी आउने प्रधानमन्त्रीले पनि यसरी नै अभिव्यक्ति दिँदै जाने हो भने हाम्रो शीर थप झुक्ने उनको भनाइ थियो । मुलुकको कार्यकारी प्रमुख भएर यस्तो गम्भीर विषयमा यस्तो अभिव्यक्ति दिँदा प्रधानमन्त्रीको रुपमा कसरी स्वीकार्ने भन्दै उनले प्रश्नसमेत गरे ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल