Birat Post शनिबार, आषाढ १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ असार/ विराटनगर महानगरपालिका वडा नम्बर १९ को आर्थिक सहयोगमा सुनौलो नेपालले आयोजना गरेको नकआउट फुटबल प्रतियोगिता सम्पन्न भएको छ ।

समापन समारोहका प्रमुख अतिथि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिक विकाससँगै अनुशासित बनाउने बताउनुभयो । उहाँले अनुशासित नागरिकले मात्रै समाजलाई रुपान्तरण गर्ने दाबी गर्नुभयो । मेयर कोइरालाले महानगरले अन्य क्षेत्रलाई झैं खेलकुदलाई पनि उच्च प्राथमिकतामा राखेको जानकारी दिनुभयो । उहाँले १९ नम्बर वडास्थित वैजनाथपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउने गरी कार्य भइरहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा विराटनगर वडा नम्बर १९ का अध्यक्ष श्याम घिमिरेले आगामी वर्षदेखि प्रतियोगितालाई वृहत बनाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले १९ नम्बर वडामा मात्रै सीमित नराखेर महानगरका अन्य वडालाई पनि सहभागी बनाएर महानगरस्तरीय बनाउने जानकारी दिनुभयो । खेलकुदका माध्यमबाट वडाको पहिचान स्थापित बनाउने उहाँले बताउनुभयो । वैजनाथपुर रंगशालाको जीर्णोद्वार प्रचारप्रसार गर्ने उहाँको भनाइ थियो ।

यसैबीच, आज भएको फाइनल खेलमा साविकको बैजनाथपुर वडा नम्बर २ खवास टोल विजयी भएको छ । खवास टोलका लागि सुजित खवासले गोल गरेका थिए । खवास टोलले साविक वडा नम्बर १ मिलन चोकलाई १–० गोल अन्तरले पराजित गरेको छ । विजेता टिमलाई १५ हजार र उपविजेतालाई १० हजार नगद राशिसहित ट्रफी, मेडल र प्रमाण विजेता प्रदान गरिएको थियो । असार सुरु भएको प्रतियोगितामा ८ वटा टिमको सहभागिता रहेको आयोजक सुनौलो नेपालका अध्यक्ष सुमन बञ्जराले जानकारी दिनुभयो ।

 

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल