Birat Post शुक्रबार, आषाढ १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१५ असार । प्रदेशसभाबाट विश्वसको मत नपाएपछि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पदमुक्त भएपनि अर्को सरकार गठन नभएसम्म यही सरकारले निरन्तरता पाउने भएको छ ।

प्रदेश प्रमुख परशुराम खापुङले नेपालको संविधानको धारा १६९ को उपधारा ९३० कमोजिमयही प्रदेश मन्त्रिपरिषद्ले कार्य सञ्चालन गर्ने गरी जिम्मेवारी तोकेका हुन् ।

मुख्यमन्त्री कार्कीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा एमालेका ४० जना सांसद र राप्रपाका ६ जना गरी ४६ जना सांसदले समर्थन गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २८, माओवादी केन्द्रका ११ र नेकपा एकीकृत समाजवादीका ४ सांसद गरी ४३ जना सांसदले विपक्षमा मतदान गरे । आजको मत विभाजनमा ८९ जना सांसद उपस्थित थिए ।

मतदानमा सहभागी नहुने निर्णय गरेको जसपाकी एक्ली सांसद निमर्ला लिम्बू बैठकमा अनुपस्थित थिइन् ।

यस्तै विपक्षी गठबन्धन दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका एकरएक जना सांसद पनि मत विभाजन प्रक्रियामा सहभागी भएनन् । उनीहरु प्रदेशसभा बैठकमा सहभागी भएर पनि बाहिर निस्किएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल