Birat Post बुधबार, आषाढ १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ असार / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तीनै तहको सरकारको सहकार्य र समन्वयले मात्रै वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न सकिने बताएका छन् । सुरक्षित आप्रवासन (सामी) कार्यक्रम प्रहरीसँगको अन्तरक्रियालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै मेयर कोइरालाले पछिल्लो समय वैदेशिक रोजगारीका नाममा ठगीका घटनाहरु बढ्दै जानु चिन्ताको विषय भएको बताए । उनले विदेश जाँदा सीप सिकेर र भरपर्दो अस्पतालमा स्वास्थ्य जाँच गरेर मात्रै जानुपर्नेमा जोड दिए ।

“सीप नसिकी जाँदा विदेश गएर पनि काम नपाउने अवस्था छ । अझ यहाँ भरपर्दो अस्पतालमा स्वास्थ्य चेकजाँच नगर्दा विदेशमा पुगेर हृदयघातलगायतका कारण ज्यान गुमाउनुपरेको छ,” उनले भने , “आफू जाने मुलुकका बारेमा र कामका बारेमा यहीं राम्ररी बुझेर जाँदा समस्या हुँदैन ।” सीप नसिकी जाँदा नेपाली युवाले विदेशमा दु:ख पाउने गरेको उनको भनाइ थियो । मेयर कोइरालाले वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण गर्न स्थानीयसँगै संघीय सरकार बढी जिम्मेवार हुनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीले मुलुकमा रेमिट्यान्स भित्रिए पनि सामाजिक विकृति र परनिर्भरता बढ्दै गएको उल्लेख गरे ।

अन्तरक्रियामा मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले प्रमाण अपुग हुँदा ठगीमा संलग्नलाई कारबाही गर्न समस्या हुने गरेको बताए । मोरङका प्रहरी प्रमुख एसपी दीपक पोखरेलले वैदेशिक रोजगारीमा ठगिएकालई कारबाही गर्ने प्रहरीको क्षेत्राधिकार बारे जानकारी दिए । कार्यक्रममा मोरङक सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, प्रदीप साह, आयोजक संस्था सगरमाथा सामुदायिक विकास केन्द्रका अध्यक्ष केशरकुमार बस्नेत, आप्रवासी स्रोत केन्द्र परामर्श केन्द्रकी मुना कोइराला, सामीका मोरङ कार्यक्रम संयोजक दीपक राउतलगायतले वैदेशिक रोजगारीका क्रममा हुने ठगी नियन्त्रणमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए । सो क्रममा वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाहरुले आफ्नो पीडा पोखेका थिए । उनीहरुले आफन्तले नै विदेश पठाउने भनेर पैसा असुलेको दुखेसो पोखेका थिए ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल