Birat Post बिहिबार, आषाढ ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ असार/ विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले राज्यले गर्ने धेरै कामहरु गैरसरकारी संघसंस्थाहरुले गरिरहेको बताएका छन् ।
३७ औं अन्तर्राष्ट्रिय एसओएस दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले राज्य संयन्त्र नपुगेको ठाउँमा पुगेर गैरसरकारी संस्थाहरुले काम गरिरहेको उल्लेख गरे । उनले अभिभावकविहीन बालबालिकाको संरक्षणसहित असल नागरिक बनाउन एसओएसको महत्वपूर्ण भूमिका रहेको बताए ।
उहाँले पवित्र उद्देश्य राखेर काम गरिरहेका संस्थाहरुलाई तीनै तहको सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । मेयर कोइरालाले एसओएसलाई महानगरका तर्फबाट गर्ने सबै किसिमको सहयोग गर्न तयार रहेको वताए । एसओएस युवालयमा लामो समयदेखि कार्य गर्दै आएका कर्मचारी रमेशमान ब्रजाचार्य, रोशन मण्डल, गोपी कोइराला र चनकबहादुर न्यौपानेलाई कोइरालाले सम्मान गरे । त्यस्तै दिवसका अवसरमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत फुटबल, भलिबल, दौड, फुटसल, कबड्डी, व्याडमिन्टनलगायतका प्रतियोगिताका विजयीहरुलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

नेपालमा सन् १९७२ मा स्थापित एसओएसअन्तर्गत विराटनगरस्थित युवालयको संरक्षणमा रहेका ३३७ जना पुनस्थापित भइसकेको युवालयकी प्रमुख प्रनिता बस्नेतले जानकारी दिइन् । उनका अनुसार हाल ११९ जना हाल एसओएस युवालयको संरक्षणमा छन् । कार्यक्रममा वडा नम्बर १३ अध्यक्ष सूर्यलाल यादव, युवालयकी अनुशा गिरी, अर्जुन अर्याल, एसओएस बालग्राम इटहरीका प्रमुख देवचन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल