Birat Post सोमबार, आषाढ ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ असार / गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ ।
महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो । आज महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरुलाई मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिऊ बोका हस्तान्तरण गर्नुभयो । समूहमा आबद्ध महिलाहरुले व्यवसायिक बाख्रा पालन गरेर स्वरोजगार भएका छन् ।
महानगरले ८ दिने उद्यमशीलता र ७ दिने सीपमूलक तथा बाख्रा पालनसम्बन्धी तालिम दिएको थियो । तालिमपछि यसअघि सिलाई मेसिनसहित विभिन्न सामग्रीसमेत वितरण गरेको थियो । समावेशी समूहमा १९ जना महिला आबद्ध रहेको सचिव श्रेष्ठले बताउनुभयो । १९ जनाले नै ५ देखि ३० वटासम्म बाख्रा पालेका छन् ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल