Birat Post सोमबार, जेठ १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१५ जेठ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको नाम प्रति असन्तुष्टि व्यक्त गर्दै आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका छन्। १६ औं गणतन्त्र दिवसको अवसरमा कोशी प्रदेश सरकारले विराटनगरमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री कार्कीले आन्दोलनरत पक्षलाई संवादमा आउन आग्रह गरेका हुन्।

मुख्यमन्त्री कार्कीले विश्वका ठूला समस्याहरू र नेपालका ठूला आन्दोलनहरू पनि संवादमार्फत समाधान गरिएकाले संवाद र सहमतिबाट नामाकरणबारेको असन्तुष्टिको पनि समाधान खोज्न सकिने बताए। मुख्यमन्त्री कार्कीले लोकतन्त्रमा असन्तुष्टि राख्न पाउने, शान्तिपूर्ण आन्दोलन गर्न पाउने अधिकार सबैलाई भएकाले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण आन्दोलन गर्न पनि आग्रह गरे। नामाकरणको विषयमा आन्दोलनरत पक्षसँग वार्ताको विपक्षमा धारणा व्यक्त गर्दै आएका मुख्यमन्त्री कार्कीले सार्वजनिक रुपमा पहिलो पटक संवादका लागि आग्रह गरेका हुन्।

जेठ १४ गते देखि सुरु भएको कोशी प्रदेशको बजेट अधिवेशनको पहिलो बैठकमा प्रमुख प्रतिपक्षीदल, तथा सत्ता साझेदारका संसदीय दलका नेताहरूले सरकारलाई आन्दोलनरतपक्षसँग वार्ता गर्न आग्रह गरेका थिए। प्रदेशसभाको शून्य समयमा बोल्ने सांसदहरूले पनि तत्काल वार्ताका लागि समिति गठन गर्न सरकारसँग माग गरेका थिए।

यसैबिच कोशीप्रदेश सरकारले प्रदेशका तीन जना पत्रकारलाई प्रादेशिक पत्रकारिता पुरस्कार २०८० बाट सम्मान गरेको छ। जनही नगद १ लाख रुपैयाँ राशीको उक्त पुरस्कार मोरङका पत्रकार मोहन भण्डारी, उदयपुरका पत्रकार श्यामकुमार राई र सुनसरीका पत्रकार प्रदिपकुमार म्याङ्वोलाई प्रदान गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल