Birat Post शुक्रबार, जेठ १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर १२ जेठ । कोशी प्रदेश नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापाले प्रदेश नामाकारणको बिषयमा भैरहेको आन्दोलनको औचित्यको सम्बोधन गर्न तत्कालै वार्ता समिति गठन गर्न माग गरेका छन ।

विहिबार प्रेस विज्ञप्ति जारी गर्दै कांग्रेस कोशी प्रदेशका अध्यक्ष समेत रहेका थापाले वार्ताको माध्यमबाट आन्दोनरत पक्षको उचित मागहरुलाई यथासक्य सम्बोधन गरेर समस्याको समाधान खोजी शान्तिपूर्ण वातावरण सृजना गर्न प्रदेश सरकार समक्ष आग्रह गरेका हुन ।

कोशी प्रदेश नामाकरणको बिषयलाई लिएर आन्दोलनरत प्रदेश नम्बर , १ नामांकन संघर्ष समितिले गरेका विभिन्न कार्यलाई शान्तिपूर्ण , संयमित र मानवअधिकार उल्लंघन नहुने गरि आफ्ना जायज माग राख्न पनि थापाले आग्रह गरे ।

साथै सरकार पक्षबाट धरपकट गर्ने , कफ्रयू लगाउने , गोली हान्ने , लाठी चार्ज गर्ने तथा दुव्र्यवहार गर्ने कार्य रोकी परिस्थितिलाई शान्त बनाउदै शान्पिूर्ण निकास र समस्या समाधानको खोजी गर्न नेता थापाले आग्रह गरे ।

साथै आन्दोलनका क्रममा वैशाख २५ गते झापा जिल्लाको दमकमा पर्दशनका क्रममा गोली लागी घाईते भएका इलाम चुलाचुली—१ का गजेन्द्र फागो र झापा अर्जुनधारा—११ का निर्मला क्षेत्री लिम्बू लगायत सम्पूर्णको औषधी उपचार खर्च व्यहोर्न समेत आग्रह गर्दछौ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचारको क्रममा मिति २०७९ साल चैत १० गते निधन भएका मोरङ बेलवारी—२ लालभित्ती पदमबहादुर लिम्बू लाजेहाङ प्रति पार्टीले गहिरो शोक समवेदना व्यक्त गरेको थापाले विज्ञप्ति मार्फत जनाएका छन् ।

 

 

 

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरु अब कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने,देशभरका सबै विद्यालय अनिश्चितकालीन बन्द रहने
नेकपा एमाले विराटनगरको दोस्रो अधिवेशन हुँदै, उप-सचिवमा कला डाँगीको सम्भावना
कांग्रेसले विवेकपूर्ण निर्णय लिने बेला भो : डा.शेखर कोइराला

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल