विराटनगर,१२ जेठ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले महानगर क्षेत्रभित्र रहेका नाला र पैनीमा भइरहेको सरसफाईको निरीक्षण गरेका छन् ।
सफाई शाखा प्रमुख पुनमकुमार दाहाल, सरसफाई सुपरभाइजर किरण न्यौपाने, महानगर प्रहरीका प्रमुख राजन पौडेल र सरसफाई साझेदार संस्थाका प्रमुखसहित पुगेका मेयर कोइरालाले महेन्द्र मोरङ क्याम्पस छेउ, शुक्रबारे हाटसहित च्याङबारी पैनीको निरीक्षण गरेका थिए ।
महानगरले नाला सफाई अभियानलाई तिव्र पारेको छ ।