धनगढी,९ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाहले कैलालीको गोदावरी नगरपालिका अत्तरिया चोकमा रहेको राजा महेन्द्रको शालिकमा माल्यार्पण गरेका छन्। धनगढीबाट सुर्खेत जाने क्रममा राजा ज्ञानेन्द्रले आज मंगलबार अत्तरिया चोकमा रहेको शालिकमा माल्यार्पण गरेका हुन्।
उनले शालिकमा माल्यार्पण गरेपछि चोकमा लाइनबद्ध आफ्ना समर्थकहरुलाई भेटे भने अत्तरिया चोक परिक्रमासमेत गरेका थिए। सो क्रममा राजाको समर्थमा स्थानीयले राज आउ,देश बचाउको नारा लगाएका थिए ।
पूर्व राजाको स्वागतमा अत्तरिया चोकमा हजारौको संख्यामा मानिसहरुको भीड लागेको थियो। अत्तरिया चोकमा २०६२०६३ को आन्दोलनका क्रममा भत्काइएको राजा महेन्द्रको शालिक पुन: निर्माण गरेर एक वर्ष अगाडि अनावरण गरिएको थियो।