Birat Post शुक्रबार, जेठ ०५, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,५ जेठ । विवाहित हिन्दु मैथिल महिलाहरुले आज धुमधामका साथ वटसावित्री पर्व मनाएका छन् । बर ,पिपलको रुखको फेदमा बसेर गरिने पूजामा स्थानिय महिलाहरु सामुहिकरुपमा जम्मा भएर गर्ने प्रचलन रहेको छ । यो पर्व पहाडमा पनि विवाहित महिलाहरुले मनाउने गर्दछन् ।

सत्ययुगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेष्ठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको जन विश्वासका साथ यो पर्व मनाउने गरेका हुन् । जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत वसि उनीहरु ले वरको रुख फेदमा बर्तालुहरुले सामूहिकरूपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेश सहितका इष्टदेवको पूजा आराधना गर्ने गरेका छन् ।सावित्रीले आफ्नो तपोबलले इष्टदेव रिझाएर अचेत भइ ढलेका मृत आफ्ना पति सत्यवान्लाई जगाएर अटल सौभाग्यको वर पाएको पौराणिक कथा नै यो पर्वको परम्परा रहेको पाईन्छ ।

बिवाहित महिलाहरुले नयाँनयाँ वस्त्र परिधानमा सजिएर वटवृक्ष परिसरमा आएर ब्राह्मणहरुले सावित्री कथा वाचन गर्ने र ब्रतालुहरुले कथा श्रवण गर्ने यो व्रत परम्परा रहेको छ ।साथीसङ्गीसँग नाच्दै, गाउँदै वट वृक्षमुनि वटसावित्री कथा सुनेर मनाइने यो पर्व पारिवारिक र सौभाग्यकारुपमा लिइन्छ ।

हिन्दु धर्मको मान्यताअनुसार जेठ औंसीमा बरको रुखमा ब्रह्मा, विष्णु र महेश बास हुने भएकाले यो पर्वमा बर रुखको पूजा गरेको खण्डमा त्रिदेव खुसी हुने धार्मिक विश्वास रहिआएको छ । यस पर्वको अवसरमा विवाहिता स्नान गरी नववस्त्र धारण गरेर आँप, लिच्ची, स्याउ, केरा, अकुरी मिठाईका साथै अनिवार्य रुपमा बाँसको नयाँ पंखा लिएर वरको रुखमुनि बसेर पूजा गरिरहेका छन् । नागनागिनका लागि धानको लाबा र दूध पनि चढाउने गरिन्छ ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल