Birat Post मंगलबार, जेठ ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२ बैशाख / सरुवा भएर जान लाग्नु भएका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालाई विराटनगर महानगरपालिकाले विदाई गरेको छ ।
आज औपचारिक कार्यक्रम गरेर महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत कोइरालाको विदाई गरेको हो । कार्यक्रममा मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले खादा र अविर लगाएर विदाई गर्नु भएको थियो ।

यसैबीच, प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएका राजेन्द्र पराजुलीलाई आजै महानगरपालिकाले स्वागत गरेको छ । पराजुलीलाई पनि मेयर कोइराला र उपमेयर कार्कीले खादा र माला लगाएर स्वागत गर्नु भएको थियो ।

मेयर कोइरालाले कर्मचारीहरुको सरुवा नियमित प्रक्रिया भए पनि प्रमुख प्रशासकीय अधिकृतका रुपमा विष्णुप्रसाद कोइरालाले विराटनगरमा छुट्टै छाप छाडेर गएको बताउनुभयो । उहाँले महानगरको कर्मचारी संयन्त्रलाई कोइरालाले चलायमान बनाउनुका साथै छोटो समयमा निकै महत्वपूर्ण काम गरेको स्मरण गर्नुभयो ।

उपमेयर कार्कीले पनि प्रमुख प्रशासकीय अधिकृत कोइरालालाई महानगरपालिकाले सधैं सम्झिरहने बताउनुभयो । कोइराला कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा हुनु भएको छ । कोइराला ८ महिनाअघि विराटनगर महानगरको प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा भएर आउनु भएको थियो ।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल