Birat Post सोमबार, जेठ ०१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१ जेठ । विराटनगरमा रहेको ऐतिहासिक तथा पर्यटकीय स्थल विराट राजाको दरबार क्षेत्र र सुनसरीको वर्जु तालको प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता हुने भएको छ । विराटनगर १८ भेडियारी देखि सुनसरीको बर्जू ताल सम्म हाफ म्याराथन प्रतियोगिता हुने भएको हो ।

दुवै पर्यटकीय स्थलको प्रचार प्रसारका लागि हाफ म्याराथन प्रतियोगिता आयोजना गर्न लागिएको पर्यटन बन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव डा. सञ्जीव राई ले बताए ।

२३ किलोमिटरको दुरीमा आयोजना गरिने प्रतियोगितामा पुरुषतर्फ र महिलातर्फ गरी बढीमा १०० जनाको सहभागिता हुने अपेक्षा गरिएको छ ।

दौड विराट राजाको दरबार सङ्ग्रहालयबाट सुरु भई विराटनगर भन्सार आइसीपी हुँदै कोशी राजमार्ग, रोडसेस, बसपार्क, जन आन्दोलन चोक, भट्टी मोड चोक हुँदै केसलिया रोड, केसलिया पुल, भीमपुर चोक हुँदै रामगञ्ज रोड, गोपी चोक हुँदै शुक्रबारे चिमडी हुँदै बर्जू तालको उत्तर गेटबाट भित्र प्रवेश गर्ने राईले बताए ।

प्रतियोगितामा प्रथम हुनेलाई एक लाख द्वितीय हुनेलाई ७५ हजार र तृतीय हुनेलाई ५० हजार पुरस्कार प्रदान गरिने छ यस्तै ३ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिने छ ।

यसै गरी महिला तर्फ ५ किलोमिटर दौड प्रतियोगिता पनि आयोजना हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार द्वितीय हुनेलाई २० हजार र तृतीय हुनेलाई १५ हजार रुपैयाँ पुरस्कार दिइने सचिव राईले बताए।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल