Birat Post आइतबार, बैशाख ३१, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३१ बैशाख । २०४६ साल यता सार्वजनिक भएका सबै भ्रष्टाचारका काण्डहरूको फाइल खोल्न माग गर्दै सामाजिक अभियन्ताहरूले विराटनगरमा अर्धनङ्गन भएर प्रदर्शन गरेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणले सरकार र राजनीतिक दल अन्तर्राष्ट्रिय जगतमा नाङ्गो भएकाले साङ्केतिक रूपमा अर्धनङ्गन भएर प्रदर्शन गरेको बताएका छन् ।

विराटनगरको ट्राफिक चोकमा भएको प्रदर्शनमा सहभागीहरूले करोडौँको बङ्गला र घडेरी कसले किनिदियो रु लाखौँको गाडी कसले किनिदियो लगायतका प्लेकार्ड बोकेका थिए ।

प्रदर्शनमा सहभागीहरूले नक्कली भुटानी शरणार्थी प्रकरण मात्रै होइन अहिले सम्मका भ्रष्टाचारका फाइलहरू खोलिनु पर्ने माग राखे । सामाजिक अभियन्ता उत्तम ढुङ्गेलले भने, अहिले नक्कली भुटानी शरणार्थी प्रकरणलाई मात्रै देखाएर अरू भ्रष्टाचारका मुद्दाहरू ओझेलमा पारिँदै छ । उनले अहिले सम्म सार्वजनिक भएका भ्रष्टाचारका दोषीहरूलाई यसरी नै जनताका सामु नाङ्गे झार बनाउनु पर्छ भन्ने हाम्रो माग हो । उनले यस्ता भ्रष्टाचारका काण्डहरूले अन्तर्राष्ट्रिय जगतमा नेपालको बदनाम भएको बताए ।

सम्बन्धित

ताजा अपडेट
शिक्षक जिम्मेवार भए सामुदायिक विद्यालयको गुणस्तर वृद्धि हुन्छ : मेयर कोइराला
आज ‘तमु ल्होसार’ मनाइँदै
अपाङ्गताको क्षेत्रमा शैक्षिक लगानी र सीपविकासको अभाव भएको गुनासो ,श्रवण दृष्टिविहिन अपाङ्गताको समस्या समाधानमा जोड

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल