Birat Post शनिबार, बैशाख ३०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,३० बैशाख । मोरङको बुढीगंगा गाउँपालिकाका एक युवा विजुलीको हाइटेन्सन पोलमा चढेका छन् । वडा नं ७ डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझीले सडकमा निर्माण भइरहेको रिटेनिङ वालको गुणस्तर कमसल भएको विरोधमा हाइटेन्सन पोलमा चढेका हुन् । बिहान पोलमा चढेका उनलाई ओराल्ने प्रयास भइरहेको छ । उनी दुहबी दमक लाइनको १ लाख ३२ हजार भोल्टको प्रसारण लाइनको पोलको टुप्पोमा बसेका छन् ।

गाउँपालिका अध्यक्ष जीतनारायण थापा मगर र उपाध्यक्ष अमृता कुमारी गच्छदार थारुले आफ्नो मागलाई वेवास्ता गरेको भन्दै उनले आत्मदाह गर्ने चेतावनी दिएका छन् । बुढीगंगा ७ का वडाध्यक्ष पंकज चौधरीले ती युवालाई उतार्न प्रयास भइरहेको बताए । बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिणतर्फ जाने सडकमा रिटेनिङ वाल निर्माणको काम गुणस्तरहीन भएको ती युवाको भनाइ छ ।

यो घटना संगै स्थानिय विस्वनाथ रिजालले फेसवुकमा फोटो राख्दै लेखेका छन् ,यो कुरा अप्रत्याशित घटना नबनोस्।भ्रष्टाचार रोक्न भन्दै मोरङ, बुढीगंगा गाउँपालिका – ७, डंग्राहाका ४० वर्षीय दिनेश कुमार माझी बिजुलीको हाई भोल्टेज प्रसारण लाइनको पोलमा आजै शनिवार बिहान ६ बजे देखि चढेर बसेका छन्। करिब ३० मिटर उचाइमा रहेको उक्त टावरमा अझै पनि बिधुत प्रवाह भैरहेको छ जुन प्रदेश १ भरीको क्षेत्रलाई बिधुत बोक्ने क्षमता राख्छ । नेपाली सेनामा समेत काम गरेका उक्त युवालाई उतार्न स्थानीयले आग्रह गरे पनि उनले गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग बार्ता गरि सम्झौतामा आए मात्र आफु ओर्लने बताई रहेका छन्। ६ घण्टाभन्दा बढी समय देखि बिरोधको यस जोखिम शैलीबाट कुनै अप्रत्याशित घटना नबनोस। सम्बन्धित निकायले चाडै समाधान खोजोस्।

सम्बन्धित

ताजा अपडेट
देशभरका शिक्षक आन्दोलनमा होमिदै
राप्रपाको ‘बृहत आमसभा’ कार्यक्रम आजबाट
बालेनले प्रधानमन्त्रीलाई भने : नेपाली भएर बाच्ने आधार त दिनुस्

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल