जनकपुर,२८ बैशाख । धनुषामा गाजाको चुरोट चान्ने विषयलाई लिएर विवाद हुँदा एक युवकको मृत्यु भएको आशंकामा प्रहरीले मृतकका साथीलाई नियन्त्रणमा लिई बिहिबार सार्वजनिक गरेको छ।
बुधबार जनकपुरधाम उपमहानगरपालिका ७ बस्ने २४ वर्षीय मो. गुलाम मंसुर भन्ने रवानी मंसुरको छतबाट लडी घाइते भएका थिए। उपचारका लागि उनलाई प्रादेशिक अस्पताल जनकपुरमा ल्याउँदा मृृत्यु भएको थियो।
प्रहरीले यस घटनामा चार जनालाई नियन्त्रणमा लिई दुई जनालाई सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा जनकपुरधाम ७ जानकीनगरका २० वर्षीय अनुज तिवारी, २५ वर्षीय जियाउल राईन, वडा नं ८ बस्ने ३१ वर्षीय राजकुमार साह र नगराईन नगरपालिका २ बस्ने २१ वर्षीय जितेन्द्रकुमार मण्डल छन्।
जनकपुरधाम २३ लादोमा चुरोट किनी सोही स्थानमा निर्माणाधीन रहेको पक्की घरको दोस्रो तल्लामा चढेर गाँजा सेवन गरेको र चुरोट तान्ने विषयमा विवादहुँदा मंसुर लडेको र उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काकाले जानकारी दिए । पक्राउ परेकाहरु संग थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।