Birat Post बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

बैशाख,२८ बिहिबार ।
इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ । बुधबार राती चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सक्यो। दिल्लीका लागि राइले रुसोले सर्वाधिक ३५ रन बनाउँदा मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाए चेन्नाईका लागि मथिशा पिथरनाले ३ तथा दिपक चाहरले २ विकेट लिए । रविन्द्र जडेजाले १ विकेट लिए ।

त्यसअघि घरेलु मैदान टस जितेर पहिले ब्याटिङ गरेको चेन्नाईले ८ विकेट गुमाएर १६७ रन बनाएको थियो ।चेन्नाईका लागि शिभम दुबेले १२ बलमा सर्वाधिक २५ रन बनाए । ओपनर रुतुराज गाएकवार्डले १८ बलमा २४ रन जोडे । यस्तै अम्बाती राएडुले १७ बलमा २३ तथा रविन्द्र जडेजाले १६ बलमा २१ रन बनाए । अजिन्का रहानेले पनि २१ रन जोडे । कप्तान महेन्द्र सिंह धोनीले ९ बलमा अविजित २० रन जोडे ।दिल्लीका मिचेल मार्शले ३ तथा अक्षर पटेलले २ विकेट लिए। अलिल अहमेद, ललित यादव र कुलदिप यादवले समान १ विकेट लिए ।

यस जितपछि चेन्नाईले प्लेअफ पुग्ने सम्भावना पनि बलियो बनाएको छ। १२ खलेमा सातौँ जित हात पारेको चेन्नाई १५ अंकसहित दोस्रो स्थानमा छ ।चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ। सातौँ हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अंकसहित अन्तिम स्थानमा छ र प्लेअफको सम्भावना लगभग सकिएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराट एक्स्पोमा व्यवसायीक सहकार्यकालागि विराट बजार विटुवि पेभिलियनको व्यवस्था
भारत उत्तर प्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा महाकुम्भ,धर्मानुरागीको भिड
स्वस्थानीको कथा सुन्ने र सुनाउने चलन,धर्मप्रतिको जनविश्वास अझ बढ्दो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल