Birat Post मंगलबार, बैशाख २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२६ बैशाख

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोलाले नागरिक सहायता कक्षबाट गुणस्तरीय सेवा प्रवाह गर्ने बताएका छन् । मंगलबार विराटनगरमा पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै उनले आफुले गर्ने कामका विषयमा फेहरिस्त प्रस्तुत गरेका थिए । इलाका प्रहरी कार्यालय स्तर सम्म रहेका नागरिक सहायता कक्षलाई अझ व्यवस्थित र प्रभावकारी बनाउने लागि पर्ने डिआइजी बास्तोलाले बताए ।

‘सेवाग्राही सँग नम्र, मृदुभाषी प्रयोग गर्ने,क्षमता वान प्रहरी कर्मचारीहरूलाई जिम्मेवारी दिइनेछ,’ उनले भने ।फरार अपराधी पक्राउ तथा पेन्डिङ मुद्दाको फलोअपलाई तीव्रता दिएर अगाडी बढ्ने डिआइजी बास्तोलाले बताए । ‘सम्मानित अदालत सँगको समन्वय र सहकार्यमा विशेष टोली गठन गरी फरार अपराधी पक्राउ गर्ने कार्यलाई अभियानको रूपमा संचालन गर्ने योजना रहेको छ,’ उनले भने, ‘पेन्डिङ मुद्दाहरूको फर्छौटको लागि सिनियर प्रहरी अधिकृतहरूलाई जिम्मेवार बनाई निरन्तर फलो अप गर्न लगाउनेछु ।’हराएको व्यक्तिहरूका सम्बन्धमा चौकी स्तर सम्म फोटोसहितको अभिलेख व्यवस्थापन गरी खोजी कार्यलाई व्यवस्थित एवं परिणाममुखी बनाउन लागी पर्ने उनले बताए ।

हराएका व्यक्तिहरू खोजतलास कार्यलाई अरू मुद्दासरह अनुसन्धान एवम् खोजतलास गर्ने उनको भनाइ छ । सीमावर्ती अपराध एवं तस्करी नियन्त्रण गर्न प्रभावकारी प्रहरी परिचालन गरेर अगाडी बढ्ने उनले बताए । ‘सिम क्षेत्रमा रहेका प्रत्येक प्रहरी कार्यालयहरूले विशेष कार्य योजना बनाई लागु औषध ओसारपसार, बिक्री वितरण, मानव तस्करी, राजश्व चुहावटलाई पुर्णरूपमा निस्तेज पार्नेछु,’ उनले भने, ‘भन्सार सँग सम्बन्धित सरोकारवाला निकायहरू सँग राजस्व छलीको प्रवृत्तिलाई पूर्ण नियन्त्रण गर्ने, भारतीय काउन्टर पार्टसँग समेत निरन्तर समन्वय र सहकार्य गरी राजस्व चुवा रोक्न लागि पर्ने बताए ।
डिआइजी बास्तोलाले स्मार्ट प्रहरी कार्यालय निर्माणलाई प्राथमिकता दिने बताए । संघिय सरकार तथा स्थानीय सरकारको सहयोगमा बन्ने नयाँ प्रहरी कार्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै, थप साधन श्रोतबाट सुसम्पन्न गर्न पहल गर्ने उनले बताए । यसअघि संचालन भएको आत्महत्या रोकथाम तथा न्यूनीकरण अभियान, लागू औषध दुर्व्यसन विरुद्धको विशेष अभियानहरूलाई निरन्तरता दिएर अगाडी बढ्ने उनले बताए ।

भेटघाट कार्यक्रममा बास्तोलाले कोशी प्रदेशको बर्तमान शान्ति सुरक्षाको अवस्था, सामुदाय प्रहरी साझेदारी कार्यक्रम अनुसार जनचेतनामुलक कार्यक्रमलाई तिब्रता, अपराध गतिबिधि नियन्त्रण, फरार प्रतिवादी पक्राउ अभियान कडाईका साथ कार्यान्वयन, भन्सार छली चोरी निकासी निस्तेज, लागुऔषध ओसार पसार नियन्त्रणमा कडाई तथा संचालनमा रहेका बिभिन्न सचेतनामुलक कार्यक्रमहरुलाई निरन्तरता दिईरहेको बताए ।

कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालयका सह(प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल दाहालले प्रहरीद्वारा सम्पादन गरिएका त्रिवर्षिय तुलनात्मक कार्य विवरणको प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका समादेशक प्रहरी वरिष्ट उपरीक्षक राजन अधिकारी, प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ट उपरीक्षक जयराज सापकोटा ,जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख दिपक पोखरेल लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
सहकारी ठगी अभियोग लागेका कांग्रेस र एमालेका नेता पनि पक्राउ गर्नुपर्छ :राजेन्द्र लिङ्देन
जग्गाका विषयमा असहमति राख्ने नेताहरुलाई एमालेले स्पष्टीकरण सोध्ने
छ दलका नेताहरूले सरकारको ध्यानाकर्षण गराउँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल